पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका तीन जना प्रतिवादीको आइतबार बयान सकिएको छ । प्रतिवादीहरु रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग बयान लिइएको हो ।
यसअघि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईसँग बयान लिइएको थियो ।
कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले आरोपपत्र दायर गरेसँगै न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहसका लागि बयान चलिरहेको हो ।
पुस ७ गते अदालतमा प्रतिवादीहरुविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।




















प्रतिक्रिया