Logo

अर्थ

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । कुमारी बैंकले ५० हजार १९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुको हुने भएकाले यो सेयर संस्थापकहरुका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : १५ पुष २०८१, सोमबार १०:२६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।