Logo

अर्थ

सेयर बजारमा ३३ अंकको गिरावट, साढे ५ अर्ब माथिकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६ को विन्दुमा कायम भएको छ ।

आज २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ६७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १७ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.०१ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सका लगानकिर्ताले गुमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार १५:१४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।