Logo

अर्थ

गौतमबुद्ध विमानस्थलमा माघ १० गतेदेखि आरएनपी–एआर प्रणाली लागू हुँदै



काठमाडाैं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड (आरएनपी-एआर) प्रणाली लागू हुने भएको छ । भिजिबिलिटीको समस्या समाधान गर्न माघ १० देखि यो प्रणाली लागू हुने अन्तिम चरणमा रहेको छ ।

यसअघि लागू गर्ने भनिएको आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम) प्रणालीलाई भारतले अनुमति नदिएपछि भू–उपग्रहमा आधारित आरएनपी(एआर प्रणालीबाट जहाज उडान र अवतरण गराउन लागिएको हो ।

भिजिबिलिटीको समस्या देखाउँदै गत मंसिर महिनामा तीनवटा जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले उडान सेवा बन्द गरेका थिए । हाल भैरहवाको बिहानको भिजिबिलिटी १ हजारदेखि १२ सय मिटर हाराहारी रहेको छ ।

साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार १६:०४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।