Logo

अर्थ

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । बुधवार तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । गरिमा विकास बैंक, नेपाल टेलिकम र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

यी तीनै वटा कम्पनीहरुले साधारणसभा तथा लाभांश प्रयोजनका लागि भोलि अर्थात् पुस १८ गते बुक क्लोज गर्दैछन् ।

यो वर्ष गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न बैंकले पुस २९ गते सोमबार वार्षिक साधारणसभा बोलाएको छ ।

यस्तै, नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न पुस २८ गते साधारणसभा बोलाएको छ ।

बुटवल पावर कम्पनीले पनि चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारणसभा बाेलाएको छ ।

प्रकाशित मिति : १७ पुष २०८१, बुधबार १०:५०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।