Logo

अर्थ

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा कटुवाल नियुक्त



काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कटुवाललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारले रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका लागि गत असार १२ गते दरखास्त आह्वान गरेको थियो । कटुवाल राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण समितिको कार्यालयमा इन्जिनियरका रूपमा कार्यरत छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय हो ।

प्रकाशित मिति : १७ पुष २०८१, बुधबार १०:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।