काठमाडौं । शुक्रबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
बिहीबार प्रतितोला १ लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।




















प्रतिक्रिया