Logo

अर्थ

इन्भेस्टमेन्ट कम्पनीको नियमन गर्ने जिम्मा धितोपत्र बोर्डलाई



काठमाडौं । सरकारले इन्भेस्टमेन्ट कम्पनीको नियमन गर्ने जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई प्रदान गरेको छ ।

सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७न.को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी समन्वय समितिको सिफारिसमा धितोपत्र बोर्डलाई इन्भेस्टमेन्ट कम्पनीको नियमन गर्ने जिम्मेवारी दिएको हो ।

सरकारको यो निर्णय पुस १८ गते नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

धितोपत्र बोर्डले ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्तापुँजी वा १० करोड रुपैयाँ वा सोभन्दा बढी वार्षिक कारोबार भएका इन्भेस्टमेन्ट कम्पनीको हकमा २०८१ पुस मसान्तदेखि नियमन गर्नुपर्नेछ ।

त्यस्तै ५ करोड रुपैयाँभन्दा कम चुक्तापुँजी वा १० करोड रुपैयाँभन्दा कम वार्षिक कारोबार भएका इन्भेस्टमेन्ट कम्पनीको हकमा जोखिमका आधारमा धितोपत्र बोर्डले तोकेको मितिदेखि नियमन गर्नुपर्नेछ ।

प्रकाशित मिति : २१ पुष २०८१, आईतवार १५:०६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।