काठमाडौं । मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’का इकाइहरु मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
यो योजनाका इकाइहरु आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो ।
योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र नेप्सेबीच आज धितोपत्र सूचीकरण सम्झौता भएको हो । यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ ।




















प्रतिक्रिया