Logo

अर्थ

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्चमा रिट



काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कृष्णबहादुर थापाले ऐन–नियममा व्यवस्था नभई नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागेको भन्दै रिट दायर गरेका हुन् । उनले निर्देशिकामा मात्रै टेकेर लाइसेन्स दिन नहुने उनले गरेका छन् ।

मंगलबार नेपाल धितोपत्र बोर्ड, अर्थमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन मुद्दा दायर भएको हो ।

उनले नेपाल धितोपत्र बोर्डबाट जारी भएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८, संविधानको धारा १, धारा ४६, धारा १६२ समेतका संवैधानिक प्रावधान र त्यसमा अन्तरनिहित सिद्धान्तहरुसंग बाझिएको हुँदा संविधानको धारा १३३९१०, ९२० र ९३० बमोजिम अमान्य गर्न माग दाबी गरेका छन् ।

‍‍उनको माग दाबी बमोजिम अदालतले अन्तरिम आदेश दिए तत्कालका लागि नयाँ स्टकको लाइसेन्स रोकिने छ ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार १४:४३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।