Logo

अर्थ

लक्ष्मी सनराइज बैंकको २४औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाडाैं । लक्ष्मी सनराइज बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको २४ औं वार्षिक साधारणसभा पुस २४ गते काठमाण्डौमा सम्पन्न भएको हो

उक्त सभाले बैंकको चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

प्रकाशित मिति : २४ पुष २०८१, बुधबार १७:०९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।