Logo

अर्थ

एनएमबि बैंकको २९औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडाैं । एनएमबि बैंकको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका सेयरधनीहरूले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

बैंकको २०८१ असारसम्ममा खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रुपैयाँ रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार १०:२८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।