काठमाडाैं । प्रभु बैंक लिमिटेडको सञ्चालक पदमा ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयन दर्ताका लागि आइतबार बिहान ११ बजेदेखि १ बजेसम्मको समयावधिमा ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
पुस ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले २३औं वार्षिक साधारणसभा पुस २९ गते बाेलाएकाे छ । उक्त सभाबाट संस्थापक समूहबाट ३ र सर्वसाधारण समूहबाट ३ गरी कुल ६ जना सञ्चालकहरुकाे निर्वाचन हुने निर्णय गरेकाे थियाे ।
साेही निर्णयअनुसार संस्थापक समूहबाट ६ र सर्वसाधारण समूहबाट ५ गरी जम्मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
संस्थापक समूहबाट हरि कृष्ण दाहाल, वीरेन्द्र पौडेल (कर्मचारी सञ्चय कोषका प्रतिनिधि), वृष बहादुर बस्नेत, अम्बिका शर्मा लामिछाने, शकर प्रसाद कालिकोटा र अगिर मान सिंह (क्लाउड मण्डप प्रा.लि. का प्रतिनिधि) काे उम्मेदवारी परेको छ ।
त्यस्तै, सर्वसाधारण समूहबाट सिर्जना बाग्ले, राजु पौडेल, सुरज कुमार श्रेष्ठ (लिबटी हॉन्डिइस प्रा.लि.का प्रतिनिधि), श्रीकृष्ण श्रेष्ठ र किशोर जङ्ग कार्की (लिगलिग इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.का प्रतिनिधि)ले उम्मेदवारी दिएकाे निर्वाचन अधिकृत विदिन कोइरालाले बताए ।
प्रभु बैंकको आगामी साधारण सभामा सञ्चालक पदका लागि यी उम्मेदवारहरूको चयन प्रक्रिया जारी रहनेछ ।




















प्रतिक्रिया