Logo

अर्थ

नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजको अध्यक्षमा ठकुरी कमलबहादुर चयन



काठमाडौं । जलयात्रा व्यवसायीहरूको संस्था नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा कमलबहादुर ठकुरी चयन भएका छन् ।

३६औँ साधारण सभाबाट एड्भेन्चर रिभर ट्रेल प्रालिका ठकुरीको अध्यक्षतामा ७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

सभाले उपाध्यक्षमा हिमालयन रिभर अपरेटर्स नेपाल प्रालिका शुकबहादुर लामा, महासचिवमा नेभिगेट आउटडोर्स प्रालिका चूडामणि अर्याल, सचिवमा कर्णाली राफ्टिङ एन्ड एड्भेन्चर प्रालिका सञ्चालक देवराज जैसी चयन गरेको छ ।

त्यस्तै सहकोषाध्यक्षमा लस्ट प्याडल प्रालिका गोविन्द पाठक चयन भएका छन् । बिग स्माइल नेपाल प्रालिका विष्णु गुरुङ र एमबीएस राफ्टिङ प्रालिका सञ्जीवकुमार तामाङ सदस्य चयन भए ।

प्रकाशित मिति : २८ पुष २०८१, आईतवार १०:४६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।