Logo

अर्थ

ज्योति क्यापिटलको साधारण सभासम्पन्न, नगद लाभांश पारित



काठमाडाैं । ज्योति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा पुस २६ गते बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाण्डौको सभाहलमा सम्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

सभाले सेयरधनीहरुलाई चुक्तापूँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यस्तै सभाले आव २०८१/८२ को लागि पीएलआरजी एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्स्लाई क्यापिटलको लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । सभाले सञ्चालक समितिबाट नियुक्त भएका दुई जना स्वतन्त्र सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्तापूँजी २१ करोड रहेको छ ।

प्रकाशित मिति : २८ पुष २०८१, आईतवार १४:४३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।