Logo

राजनीति

बीआरआई सम्झौतामा ‘ऋण’ भन्ने शब्द कतै उल्लेख भएकाे छैन : परराष्ट्रमन्त्री राणा



काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका दुवै छिमेकी भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्त्व दिएर प्राथमिकतामा राखेको बताएकी छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्त्व दिएको र नेपालसँग आवश्यक मात्रामा सम्बाद, सम्पर्क तथा अन्तर्क्रियाहरू भइरहेको बताइन्।

मन्त्री राणाले बैठकमा अमेरिकामा भएको संयुक्त राष्ट्रसंघीय महासभाको ७९औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो सहभागिता र त्यसक्रममा भएका विविध भेटघाट एवं कार्यक्रमहरू, प्रधानमन्त्री ओलीको चीन भ्रमणका साथै आफ्नो भारत भ्रमण र ती भ्रमणमा भएका समझदारी, सम्झौता तथा द्विपक्षीय भेटघाटका विषयमा जानकारी गराइन्।

बैठकमा राखिएको एक जिज्ञासामा मन्त्री राणाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै पनि उल्लेख नभएको स्पष्ट पारिन्। ‘सो सम्झौतामा ऋण लिने भनेर कतै लेखिएकै छैन। त्यसमा प्रयोग गरिएको ‘एड’ शब्दको अर्थ पनि मैले बुझेसम्म ऋण भन्ने होइन। तर, यहाँ भने किन हो नेपालले ऋणमा सम्झौता गरेको भनेरमात्र भन्ने गरिएको छ।’

प्रकाशित मिति : पुष २९, २०८१ सोमबार  ४ : ५० बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।