Logo

अर्थ

एनआईसी एसिया बैंकको लिलाम बिक्रीसम्बन्धी पोर्टल सार्वजनिक



काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकेको छ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टलमार्फत बैंकले लिलामबिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ ।

यसको लागि ग्राहकहरुले लिलामबिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआरकोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.comभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्नेछन् ।

यसरी ग्राहकहरूले लिलामबिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरे पश्चाचात खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलवार १२:३८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।