Logo

अर्थ

गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा दिलिप प्रताप खाँड चयन



काठमाडौं । गरिमा विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको अठारौं वार्षिक साधारणसभा पोखराको होटल पोखरा ग्राण्डमा सकिएको हो । सभाले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सहित सेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित) नगद लाभाश सर्वसम्मत पारित गरेको छ ।

यसैगरी आगामी कार्यकालका लागि संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतीबाट निर्वाचित गरेको छ ।

साधारणसभा पश्चात लगतै बसेको सञ्चालकको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित समेत गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ छ । साधारणसभाले पारित गरेको लाभांस गत पुस १७ गते कायम सेयरधनीहरुले नगद लाभांस प्राप्त गर्नेछन् ।

बैंकले हाल देशभर १ सय २३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमका साथै नवीनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलवार १२:५५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।