काठमाडाैं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरान, सुनसरीमा बैकको १९औ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाले आव २०८०/२०८१ को मुनाफाबाट सेयरधनीलाई १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।
सो लाभांश वितरणपश्चात बैकको चुक्तापुँजी १ अर्ब २१ करोड भन्दा वढी भएको र प्रदेश स्तरीय ”ख” वर्गको विकास बैकको रुपमा स्तर उन्नती गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा बैंकका प्रमुख कर्यकारी अधिकृत अनन्त कुमार चापागाईले पदभार ग्रहण गरेका छन् । मंगलबार माघ १ गते बैकको केन्द्रिय कार्यलयमा संचालक समितिका अध्यक्ष किसन मास्के तथा अन्य सञ्चालकहरुको उपस्थितिमा आयोजित कार्यक्रमका वीच सिइओ चापागाँइले पदभार ग्रहण गरेका छन् ।
बैक सञ्चालक समितिले चापागाँईलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैकमा आयोजित पदभार ग्रहण कार्यक्रममा चापागाँइले संस्थागत शुसासन र नियमाकिय प्रावधान भित्र रहेर संस्थालाई एक सवल, सक्षम र उदारहणीय बैक बनाउने योजना रहेको बताए ।




















प्रतिक्रिया