सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोधिसकेको छ ।
‘तपाईँलाई पदबाट किन नहटाउने ?’ भनी सोधिएको स्पष्टीकरणमा कुलमानले पनि जवाफ पठाइसकेका छन् । आफ्नो कार्यसम्पादन सबैभन्दा अबल्ल रहेको र सरकारले चार वर्षका लागि नियुक्ति गरेकाले अहिले आफूलाई हटाउन नमिल्ने कुलमानको जिकिर छ । अर्कोतर्फ कुलमानको पक्षमा ठूलो जनसमर्थन छ ।
एमालेका नेता तथा कार्यकर्ताबाहेक सबै नागरिकस्तरबाट कुलमानको पक्षमा समर्थन छ । कुलमान प्राधिकरणको एमडी बनेपछि नै १८ घण्टासम्म हुँदै आएको लोडसेडिङ अन्त्य भएको थियो । ठूलो जनसमर्थन पाएका कुलमानलाई चलाएर सरकारले आफ्नो आयु छोट्याएको प्रचण्डको निष्कर्ष छ । ‘हामी हेरिराखेका छौं, हामी गम्भीर रुपले घटनाक्रमलाई हेरिराखेका छौं ।
अहिले सरकार जसरी चलेको छ, त्यसले पनि आयु आफैंले छोट्यायो भन्ने लागेको छ । उहाँहरुले गरेका थुप्रै कामहरु, विद्युत प्राधिकरण जो ऐतिहासिक रुपले राम्रो काम गरेको छ, त्यसको एमडीलाई हटाउन भएका पटक–पटकका कसरतहरु थाहा पाउनु भएको छ,’– प्रचण्डले भने ।




















प्रतिक्रिया