Logo

अर्थ

नेपाल बैंकले बनायो सेयरधनीको हात खाली



काठमाडाैं । नेपाल बैंक लिमिटेडका सेयरधनीहरुको हात यसपाली खाली हुने भएको छ । बैंकले गत आवका लागि लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।

पुस २९ गते  बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको थियो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने साथै लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार ११:२५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।