Logo

अर्थ

सामान्य अंकले बढ्याे सेयर बजार, ५ अर्ब ८२ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५ को विन्दुमा कायम भएको छ ।

आज १२४ कम्पनीकाे सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानकिर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार १५:१२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।