Logo

अर्थ

एमजी मोटर्सका थप दुई नयाँ सेवा केन्द्र सञ्चालनमा



काठमाडौं । एमजी मोटर्स नेपालले आफ्नो सेवा नेटवर्कलाई थप दुई अत्याधुनिक केन्द्रमार्फत विस्तार गरेको छ । एमजीको नेपालका निम्ति अधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले काठमाडौंको सुकेधारा र भक्तपुरको सल्लाघारीमा नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

पारामाउन्ट मोटर्सले यसअघि ललितपुरको कुसुन्तीमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो ।

यी केन्द्रहरूले सञ्चालनमा आएकै दिनदेखि आधिकारिक रूपमा आफ्नो सेवा प्रदान गर्न सुरु गरेका छन् । यी नयाँले कुसुन्ती सेवा केन्द्रमा लागु गरिएका उन्नत प्रविधि र मापदण्डहरूलाई नै पछ्याएको कम्पनीले जनाएको छ । कुसुन्ती सेवा केन्द्रले सन् २०२३ देखि ग्राहक सेवामा नयाँ मापदण्ड स्थापना गरेको बताइएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार १५:२७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।