काठमाडौं । विपक्षी समाजवादी मोर्चाको माघ १६ गते कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो ।
यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेकाे विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जानकारी दिए ।
‘माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गरौं भन्ने निर्णय भएको छ,’ उनले भनेका छन् ।
यस्तै कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए ।




















प्रतिक्रिया