Logo

अर्थ

मर्क्योरले खोल्यो नेपालमा आफ्नो पहिलो होटल



काठमाडौं । सन् १९७३ देखि स्थानीय अनुभवहरु प्रदान गर्न समर्पित मर्क्योरले नेपालमा यस ब्रान्डको पहिलो होटल मर्क्योर काठमाडौँ सुकेधारा हाइट्स उद्घाटनको घोषणा गरेको छ । काठमाडौंको मुटुमा अवस्थित यो नयाँ होटलले प्रत्येक ठाउँका मौलिकता प्रस्तुत गर्ने मर्क्योरको प्रतिबद्धता प्रतिबिम्बित गर्दै सबै यात्रुहरुलाई न्यानो र आत्मीय बसाइ प्रदान गर्दछ ।

मर्क्योर होटल सोचविचार गरेर डिजाइन गरिएका हरेक कोठामा काठमाडौंको भावना भरिएका छन् । पाहुनाहरुले अत्याधुनिक सुविधा, प्राकृतिक प्रकाश र फराकिलो दृश्यावलीसहित सहरवरपरका डाँडाकाँडा र शानदार हिमालहरुका मनोरम दृश्यहरु देखिने सबै कोठाहरु रुम कन्फिगरेसनको दायराबाट छनौट गर्न सक्छन्। परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरुले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गर्दछ ।

होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरुको अनुभव पनि हो। दिनभरि चल्ने भोजन रेस्टुरेन्ट (डीवाईएनई) डाइनले अन्तर्राष्ट्रिय क्लासिक्सदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्दछ । सोप्रा इटालियनले अथेन्टिक इटालियन खाना प्रदान गर्दछ भने जाइकाले परम्परागत भारतीय खाना र यसका मसलाहरुको बास्ना प्रदान गर्दछ । थप आरामदायी वातावरण खोज्नेहरुका लागि शुक्र बारले भित्री र बाहिरी दुवै सिटहरु भएको रुफटप लाउन्ज सेटिंग प्रदान गर्दछ। जुन रोमान्चक दृश्यहरुको आनन्द लिनका लागि उत्तम छ ।

पाहुनाहरुले होटलको रुफटप इन्फिनिटी पूलमा काठमाडौं उपत्यकाका दृश्यहरु हेर्दै आराम गर्न सक्ने छन् भने स्टिम र साउना सुविधा सहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न पनि सक्नेछन्। आफ्नो बसाइको समयमा पाहुनाहरुले यी सुविधाहरु लिन सक्छन् ।

मर्क्योर होटलले विवाहदेखि कर्पोरेट बैठक र सामाजिक उत्सवहरुसम्मका कार्यक्रम र जमघटहरुको लागि उपयुक्त स्थान पनि प्रदान गर्दछ । समर्पित कार्यक्रम टोलीले एक निर्वाध र यादगार अनुभव प्रदान गर्दै प्रत्येक अवसरलाई पूर्ण बनाउने छन्। यो होटलको उद्घाटन एसियाभरि एकोरको विस्तार यात्रामा एउटा प्रमुख कोशेढुंगा हो । ‘यो होटल हामीले सेवा गर्ने गन्तव्यहरुको समृद्ध संस्कृति र सम्पदाको उत्सव मनाउँदै यात्रुहरुलाई विशिष्ट र इमर्सिभ अनुभवहरु प्रदान गर्न प्रतिबद्ध छ’, होटलले भनेको छ ।

‘मर्क्योर होटलले प्रत्येक स्थानको सम्पदा प्रवर्द्धन गर्ने लक्ष्यलाई मूर्त रुप दिएको छ’ एकोरका प्रिमियम, मिडस्केल र इकोनोमी डिभिजन, एसियाका चिफ अपरेटिङ अफिसर गार्थ सिमन्सले भने, ‘मर्क्योरसँग सहकार्य गरी यो सम्मानित ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्दित र्छौं ।’

द मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष देश बन्धु बस्नेत ९अजित० ले भने ‘नेपालको जीवन्त संस्कृति र परम्परालाई अँगाल्दै असाधारण आतिथ्य प्रदान गर्ने हाम्रो साझा दृष्टिकोण अनुसार यो साझेदारी गरिएको हो। मर्क्योर काठमाडौँ सुकेधारा हाइट्स अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको समृद्ध सम्पदा दुवै प्रदान गर्दै पाहुनाका लागि विशेष अनुभवहरु सिर्जना गर्न प्रतिबद्ध छ ।’

यात्रुहरुको रोमन देवता मर्क्युुरीबाट प्रेरित मर्क्योर होटलहरु सुत्ने ठाउँ मात्र होइनन्, यी त गन्तव्यका पोर्टल हुन्, ठाउँहरुको खोज र अन्वेषण गर्ने न्यानो निमन्त्रणा हुन् । सन् १९७३ मा स्थापना भएदेखि मर्क्योर पाहुनाहरुका लागि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरु प्रबर्द्धन गर्न समर्पित छ । ६० भन्दा बढी देशहरुमा १,००० भन्दा बढी होटलहरुको विश्वव्यापी पोर्टफोलियो भएको र २२० भन्दा बढी अन्य संरचना विकास गर्दै गरेको मर्क्योर प्रत्येक गन्तव्यका मौलिकता प्रबर्द्धन गर्न समर्पित छ ।

पाहुनाहरुले आफ्नो बसाइको समयमा एकोरको पुरस्कारप्राप्त लाइफस्टाइल लोयालिटी कार्यक्रम अलको समेत फाइदा लिन सक्छन् । सबै सदस्यहरुले आफ्नो बसाइको समयमा अंक कमाउँछन् जुन विश्वव्यापी रुपमा पुरस्कार, सेवा र अनुभवहरुको लागि रिडिम गर्न सकिन्छ। सदस्यता निःशुल्क छ र धधध।बिि।अयm मा सजिलैसँग सामेल हुन सकिन्छ ।

प्रकाशित मिति : माघ २, २०८१ बुधबार  ५ : २४ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।