Logo

अर्थ

सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा निवेदन दिनुपर्नेछ ।

 

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार १०:३०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।