Logo

प्रमुख समाचार

बुढानीलकण्ठमा देउवाले लिए मन्त्रालयको ब्रिफिङ



काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसिरहेको छ ।

देउवाले पार्टीका शीर्ष नेताहरूसहित पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई निवासमै बोलाएर कामको ब्रिफिङ गर्ने क्रम जारी रहेको छ ।

बैठकमा सरकारले हालै ल्याएको अध्यादेशको विषयमा पनि कुरा उठेको छ । सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले विरोध जनाइरहेका छन् । कांग्रेसका इतर पक्षका मात्रै नभई संस्थापन पक्षका नेताहरूले पनि त्यसको विरोध गरिरहेका छन् ।

बैठकमा सभापति देउवासहित शीर्ष नेताले सरकारका काम कारबाही थप प्रभावकारी बनाउन गर्नुपर्ने कामको योजना र रणनीतिबारे निर्देशन दिएकाे युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार ११:५८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।