Logo

अर्थ

थाइल्याण्डमा नेटा नम्बर वान



काठमाडौं । चिनीयाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाइल्याण्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको नेटा ब्रान्डले आगामी वर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितिलाई बढाउँदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ ।

नेपालको सन्दर्भमा पनि नेटाको बिक्री तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरुलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्री पछिको बजार र सुविधालाई बिशेष ध्यानमा राखिँदै आएको बताइएको छ। नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरू नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ।

नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (EVs) चाहने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको ४०.७ किलो वाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ। यसको ५० kW मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ। १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ । Neta V छिटो २० मिनेटको चार्जमा ३०% बाट ८०% सम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसलाई एकपटक चार्ज गरेपछि ३८० किमि कुद्छ। यसमा ८ वर्ष अथवा १५०,००० किकीसम्मको वारेन्टी छ।

नेटा एक्स भने एकपटक चार्ज गरेपछि ५०० किमी यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ।

CATL का अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित NETA X मा पनि ८ वर्ष वा १,८०,००० किमि वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ।

प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार  १२ : १० बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।