Logo

प्रमुख समाचार

सातामा दुई दिन पार्टी कार्यालय पुग्न कांग्रेसका मन्त्रीहरूलाई निर्देशन

सातामा दुई दिन खुला भेटघाट गर्न निर्देशन



काठमाडाैं । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीलाई सातामा दुई दिन केन्द्रीय कार्यालय सानेपा पुग्न भनेको छ । सभापति शेरबहादुर देउवा निवासमा संसदीय दलको कार्यसमितिसँग मन्त्रीहरूको छलफलपछि पार्टीले उक्त निर्देशन दिएको हो ।

कांग्रेसले मन्त्रीहरूलाई सातामा पाँच दिन मन्त्रालयमा बस्न र कम्तिमा दुई दिन केन्द्रीय कार्यालय सानेपामा पुग्न आग्रह गरेको हो ।

बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले मन्त्रीहरूलाई सातामा दुई दिन केन्द्रीय कार्यालय सानेपामा पुग्न भनिएको बताए । ‘हाम्रा मन्त्रीहरू अब सातामा सातामा दुई दिन केन्द्रीय कार्यालय सानेपामा पनि पुग्नुहुनेछ,’ उनले भने, ‘त्यहाँ नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नुहुनेछ, गुनासा सुन्नु हुनेछ।’

उनकाअनुसार मन्त्रीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सातामा दुई दिन खुला भेटघाट गर्नेछन् ।

 

 

प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार  २ : ५३ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।