Logo

अर्थ

माछापुच्छ्रे क्यापिटलको वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न



काठमाडाैं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप, माघ ०३ गतेका दिन हात्तिवन, ललितपूरस्थित लिटिल एन्जल्स कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षकवर्गलाई सेयर बजारको प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारीताको बारेमा जानकारी तथा साक्षरता प्रदान गराइएको छ ।

क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्ष्यमा माघ महिनाभरि रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगलगायतका विविध कार्यक्रमहरु आयोजना गरी मनाउँदै छ ।

प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार  ४ : २७ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।