काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा काराेबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारेबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया