Logo

प्रमुख समाचार

सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल



काठमाडाैं । सत्तारूढ र प्रतिपक्षी दलहरूका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल भएको छ ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) तथा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकहरूबीच शुक्रबार छलफल भएको हो ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारबीच छलफल भएको हो ।

छलफलले संसदलाई प्रभावकारी रूपमा अघि बढाउन सबै दलहरू एकठाउँमा उभिएर काम गर्ने निस्कर्ष निकालेको एमाले मुख्य सचेतक बर्तौलाको भनाइ छ ।

संसदमा विचाराधीन विधेयकहरूका बारेमा विपक्षीको धारणाका विषयमा पनि कुराकानी भएको उनले बता ए। ‘सरकारले संसदमा विधेयक दिने र संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई अगामि दिनमा कसरी अगाडि बढाउन सक्छौं। सरकारले संसदलाई दिएको बिजनेस वा विधेयक छिटो छरितो ढंगबाट कानून निर्माणको तहमा पुर्‍याउन हामी सांसदहरुले वा हामी संसदीय दलहरुले कुन प्रकारको भुमिका खेल्ने हो, हामीले समयसीमा निर्धारण गरेर जाने हो भने कसरी जाने यी लगायतका विषयमा हामीले छलफल भयो,’ उनले भने।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार १३:३८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।