Logo

अर्थ

राष्ट्र बैंक सुपरिवेक्षणले लिन मानेन सिइओ खनालविरुद्धको उजुरी



काठमाडौं । नेपाल राष्ट्र बैंकका बैंक तथा सुपरिवेक्षण विभागले राष्ट्रिय बाणिज्य बैंकका सिइओ देवेन्द्र रमण खनाल र अध्यक्ष दिलिप ढुङ्गाना विरुद्धको उजुरी लिन अस्वीकार गरेको छ।

बिहिबार एक ग्राहक राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनाल र सोही बैंकका अध्यक्ष ढुङ्गाना विरुद्धको उजुरी लिएर राष्ट्र बैंक पुगेका थिए । विभागका कर्मचारीहरूले उजुरीलाई गभर्नरलाई सम्बोधन गरिएको भन्दै सच्याएर ल्याउन भनेपछि ती ग्राहक शुक्रबार फेरि सुपरिवेक्षण विभाग पुगे। तर, विभाग कर्मचारीले उजुरी लिन नमिल्ने भन्दै ग्राहकलाई फर्काइ दिए ।

अघिल्लो दिन सम्बोधन सच्याएर ल्याउन विभागका कर्मचारीसँग सिइओ खनालको के कुराकानी भयो र रातारात उनी उजुरी लिनदेखि पन्छिए यो विषय भने रहस्यमय छ ।

नेपाल राष्ट्र बैंकमा परेका ग्राहकका दर्जनौँ उजुरीमाथि अनुसन्धान नै नहुने गुनासो आईरहेकोमा उनको यो क्रियाकलापले राष्ट्र बैंकको नियामकीय भूमिकामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

यस सम्बन्धमा थप बुझ्न हामीले प्रवक्ता रामु पौडेललाई बारम्बार टेलिफोन सम्पर्क गर्यौ तर उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार  ३ : ५६ बजे

951
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।