काठमाडौं । कठ्याङ्ग्रीदो चिसोमा एका बिहानैदेखि साँझ अँध्यारोसम्म जूनकीरी झैं चम्किरहेका केपीशर्मा ओली सरकारको नेतृत्व मात्रै हैन पार्टीको हाईकमान समेत सम्हालेर एमालेलाई बलियो बनाउन तल्लीन रहेका छन् उनले सार्वजनिक ठाउँमा ठोक्ने भाषणमा मिशन- ८४ भन्न छुटाउनु हुन्न र चुनाव एक्लै एमालेले लड्ने भन्दै आउनु भएको छ ।
प्रम ओली नेपाली राजनीतिको तिखर तथा शिखर व्यक्तित्व हुन् जसले भारतमा कांग्रेस आईका नेतृ स्व. ईन्दिरा गाँधीले भारतीय कांग्रेस पार्टीलाई आफ्नो छत्रछायाँमा नचाउन खोजे कांग्रेस दुई चिरा परे (बरुवा कांग्रेस र इन्दिरा कांग्रेस) अन्ततोगत्वा इन्दिराको निधन पछि हालका दिनमा उनका बुहारी सोनियाँ गाँधी र नाती राहुल गाँधीले पार्टी हाक्दैछन् ।
इन्दिराले उनको विरुद्ध र पार्टीमा यथार्थ कुरा राख्दा कसैको नसुन्ने आफ्नो विचार लाद्ने काम गर्दै आएको थियो । ठीक त्यस्तै प्रकारले नेपालमा प्रम एवं एमाले नेता केपी शर्मा ओलीले गर्दै आएको कुरा एमाले नेताहरुले जवर्जस्त रुपमा उठाउँदै आएका छन् ।
ओलीको हैकम अगाडि कसैको केही चल्दैन, माधव नेपाल भन्छन् । एमालेबाट पार्टीका शीर्ष नेता माधव नेपाल फुटेर अलग पार्टी नेकपा समाजवादी खडा गरे, त्यसैगरी बामदेव गौतम हटे र हालसालै ओलीलाई एमाले महाधिवेशनमा टक्कर दिएका डा. भीम रावल पार्टीबाट निकालिए ।
पार्टीमा ओली विरुद्ध “बोल्यो” कि उहाँलाई “पोल्यो” हुन्छ । त्यही भएर भीम रावल एमालेबाट अलग भएपछि छुट्टै पार्टी गठन गर्न लागेका छन् जब कि बामदेव गौतम एमालेका कुरा मिलाउन नजानेर पुनः माधव नेपाल पार्टीमा समाविष्ट हुन पुगेर तेश्रो दर्जा पाएर खुशी छैन ।
त्यसो त ओलीले आफ्ना अर्का समकक्षी प्रधानमन्त्री भइसकेका झलनाथ खनाललाई समेत एमालेमा टिक्न दिएनन् । बाध्य भई यस अघि बामदेव, माधव नेपाल पार्टीमा आउनु पूर्व झलनाथ खनाल माधव नेपाल पार्टीमा प्रवेश गरी पार्टीमा दोश्रो दर्जाको सम्मानित नेता पद धारण गरेका छन् ।
एमाले परित्याग गर्ने घनश्याम भूषाल पनि अहिले चौथो रैंक माधव नेपाल पार्टीमा पाएका छन् । ओली चलाक, अति चतुर तथा नेपाल बुझेका एवं नेपाली नेता एवं जनतालाई खेलाउन सक्ने माहिर व्यक्ति हुन् । जसले भागवण्डा लगाएर शासन गर्न कांग्रेस र एमालेलाई समेत मिलाएर सत्ता बागडोर सम्हालेका छन् ।
आफ्नो नेतृत्व र वर्चश्व कायम राख्न ओलीले गरेको राजनीति नेपालमा अरु कुनै दलका नेताले गर्न सक्ने क्षमता राख्दैन । ओली अगाडि पार्टीका उपाध्यक्ष र महामन्त्री समेत मुसो झैँ नतमस्तक हुन्छन् ।
त्यही भएर नेपाली राजनीतिमा ओली महान हुन् र उनी ठूला हुन् उनले जनतालाई केही गर्न सक्ने आशा पलाएका छन् । तर, जनता ओलीले पछिल्लो पटक शासन सत्ता सम्हालेको छ महिना बितिसक्दा पनि परिवर्तनको अनुभूति दिलाउन सकेको छैन ।
ओलीले गर्ने व्यवहारसँग सीधा आँखा जुधाएर उनको पार्टीमा कोही नेता सक्दैन, जो आँखा जुधाउँछन् पार्टीबाट आउट हुन्छन् । यस्तो प्रभावशाली र असाधारण व्यक्तित्व भएको नेताले टायरका चप्पल लगाएर राजधानी छिरेका विभिन्न दलका नेता र मन्त्री समेत भएका व्यक्तिहरुले ठूल ठूला महल माथि महल खडा गर्दा त्यसको सम्पत्ति छानविन गरी कारवाही गर्द सक्दैन ।
जब कि सर्वसाधारण जनताले बहुत कठीनसँग व्यापार व्यवसाय जागिर वा जायजेथा विक्री गरेर बैंकमा पैसा जम्मा गर्न जाँदा एक लाख भन्दा बढी रुपैयाँ भएमा श्रोत देखाउनु पर्ने कडा कानून लागू गरेको छ ।
जनतालाई सधै मतदाता र करदाता मात्र बनाउने कि विकास, रोजगारी, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुविधा र गास, बाँस तथा कपासको यथोचित प्रबन्ध तर्फ सरकारले ध्यान दिने जस्ता कुरा पीडितहरु भन्दै छन् ।
देश संकटमा छ, जनता मर्नासन्न अवस्थामा छन् । क्रयशक्ति घटेको छ । भान्सा महंगो भएर खाना पकाउने ग्याँस, चामल, दाल र तरकारी किन्न धौ-धौ परिरहेको बेलामा खाली सिंहदरवार र बालुवाटारमा बसेर निर्देशन दिदैमा समस्याहरुको निराकरण सम्भव छ र ?
पहिलेका शासकहरुले राजा महाराजाहरु जनताको पीर मर्का सुन्न हरेक विकास क्षेत्र अध्ययन गर्न स्थलगत भ्रमणमा जान्थे । अहिले नेताहरु जिल्ला जिल्ला जान्छन् तर १०० केजी माथिको माला, भोज भतेर र आकर्षक नारा दिएर जनतालाई आश्वासन मात्र बोकाउँदा जनता दिक्क र वाक्क लागेको बताउँछन् ।
केही गर्ने आँट मात्र गर्ने हो भने नेपालमा जनताको पक्षमा जे पनि सम्भव छ । भारतको नयाँ दिल्लीमा मुख्य मन्त्री बनेका आम आदमी पार्टीका अरविन्द केजरीवालले दिल्लीका जनतालाई बिजुली र पानी फ्री गरेका छन् ।
संसारमा सबैभन्दा बढी जलश्रोतमा दोश्रो धनी राष्ट्र (ब्राजिल पछि नेपाल) नेपालमा पर्याप्त पानीको श्रोत छँदा छँदै पानी र पानीबाट निर्मित बिजुली जनतालाई फ्रीमा दिन सकिएको छैन ।
उल्टै चको करमा धकेलिएका नेपालीलाई खर्चिलो शासन प्रणाली तीन तहको सरकारको टैक्स थुपोरिएर जनतालाई महंगीको जाँतामा पिल्सिने काम भएको अपर्णमा खबर छ ।
संविधान संशोधनको हल्ला गराउनेले कम्तीमा प्रदेश तह खारेज गर चर्को कर उठाउने काम बन्द गरे मात्र आम जनता राहत पाउँछन् । संविधान सुधार वा संशोधनको कार्य सूची बोकेका एमाले र कांग्रेस पार्टीले के संशोधन गर्ने त्यसमा विचार नै गरेको छैन ।
सत्तामा पुग्ने र आगामी निर्वाचन जित्न के-के संशोधन गर्दा ठीक हुने त्यसतर्फ ध्यान दिएका सत्ताधारी दुई दल आ-आफैमा संशोधनको हानाथाप गरिरहँदा आम जनता संविधानको धाराहरुमा बेरिएका छन् ।
साना दललाई रोक्न तथा कमजोर पार्न न्यूनतम मत प्रतिशत थ्रेस होल्डको सीमा बढाउन एमाले कांग्रेसका लागि पर्दा जनयुद्धको कठीन यात्रा त्यागेर मूलधारको राजनीतिमा आएका माओवादी लगायत साना दलहरु पनि तरंगित भई कांग्रेस एमालेको राजनीतिक खेल र दाउपेचमा अत्तो थाप्ने सम्भावना प्रशस्त छ, यसबाट देश पुनः थप संकटको भूमरीमा फस्ने तथा चुनावताका सत्ताधारीहरुले कबुल गरेका वाचा एवं विकास निर्माणको कार्य रोजगारी श्रृजना जस्ता कार्य ठप्प हुनेमा दुईमत छैन ।
दलहरुको खिचोला र जनताको पीडा सुन्दा देश बर्बादीको बाटोमा फस्न लागेको कुरा राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
प्रतिक्रिया