Logo

प्रमुख समाचार

एमालेमा माधव नेपाललाई ढोका खोलेको छैनौं, अरुलाई स्वागत गर्न तयार छौं : शंकर पोख्रेल



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले माधवकुमार नेपालबाहेक अरु सबै नेताहरुलाई पार्टीमा भित्र्याउन तयार रहेको बताएका छन ।

शुक्रबार एकीकृत समाजवादीको भातृ संगठन समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका नेताहरुलाई पार्टीमा भित्र्याउँदै समाजवादीका अध्यक्ष नेपालबाहेक अरु सबैलाई हार्दिकतापूर्वक स्वागत गर्न तयार रहेको बताएका हुन् ।

उनले भने ‘हार्दिकतापूर्वक स्वागत गर्ने हो भने विश्वमणि होइन माधव नेपाल आउनुहुन्छ तर, हामीले माधव नेपालको लागि ढोका खोलेको छैनौं,तर उहाँले जुन गल्ती गर्नुभएको छ त्यो गल्तीबापत उहाँलाई स्वागत गर्ने पक्षमा एमाले छैन । त्यसैले उहाँले अरुलाई रोक्न खोज्नुभएको छ ।’

फरक प्रसंगमा पोख्रेलले दल विभाजन सम्बन्धी अध्यादेश आउन लागेकोबारे कुनै पनि सत्यता नरहेको बताएका छन् । २० प्रतिशतक मान्छेले पार्टी फुटाउन मिल्ने अध्यादेश आउँदासमेत एमालेलाई केही नभएको स्मरण गर्दै पोख्रेलले अध्यादेशले पार्टी विग्रने र बन्ने नहुने जिकिर गरे ।

पोख्रेलले आम निर्वाचनको मिति घोषणा हुनासाथ एकीकृत समाजवादीका धेरै नेताहरु पार्टीमा नरहने दाबी गरेका छन् ।

समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहित उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : माघ ५, २०८१ शनिबार  ११ : १६ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।