Logo

प्रमुख समाचार

मोहन बस्नेत माओवादीको छेउ पर्न पनि नसक्ने नेता सापकोटाको दाबी, ज्ञानको आयतन बढाउन सुझाव



नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई ज्ञानको आयतन बढाउन सुझाव दिएका छन् ।

आज (शनिबार) सिन्धुपाल्चोकमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले ज्ञानको आयतन बढाएर बुद्धिमतापूर्ण ढंगले माओवादीसँग बहस गर्न आउन आग्रह गरेका हुन् ।

नेता बस्नेतले केही समयअघि सिन्धुपाल्चोकमै आयोजित एक कार्यक्रममा माधव सापकोटाको तीखो आलोचना गरेका थिए । नेता सापकोटाले सोही आलोचनाको खण्डन गर्दै अब माओवादीसँग नेता बस्नेत छेउ पनि पर्न नसक्ने बताए । उनले भने, ‘तपाईँको पतनको यात्रा सुरु भइसकेको छ । यसलाई रोकेर, ज्ञानको आयतन बढाएर बुद्धिमतापूर्ण ढंगले बहस गर्न आउनुहुन्छ भने हामी तयार छौं । अरु धेरै दायाँबायाँ गरेर आउनु भयो भने यो पुरानो तरिका हो । तपाईँ हामीसँग प्रतिस्पर्धा त के छेउपनि पर्न सक्नुहुन्न ।’

साथै, नेता बस्नेतले उपभोक्ता समितिलाई सिफारिस बेचेकोदेखि लिएर गिटी बालुवा जम्मा गरेर बेचेर खाएको उनले बताए । नेता सापकोटाले संगै निर्वाचनमा हिँडेपनि नेता बस्नेतको मति हेर्दा गाली नगरी सुख नपाएको बताए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार १८:२०   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।