Logo

अर्थ

१२ अंकले बढेको बजारमा ६ अर्ब २५ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१ को विन्दुमा कायम भएको छ ।

आज १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ६ अर्ब २५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : माघ ६, २०८१ आईतबार  ३ : १४ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।