Logo

अर्थ

साहारा चितवन सहकारी ठगी प्रकरण: प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन



काठमाडौं । चितवन भरतपुरस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनको दोस्रो चरणको अनुसन्धान प्रहरीले सकिएको छ । ७ मंसिरबाट चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर दोस्रो चरणको अनुसन्धान गरेको चितवन प्रहरीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रकाअनुसार अनुसन्धानप्रतिवेदन गत शुक्रबार बुझाएको बताए । यो प्रकरणमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउने सुझाव प्रहरीले दिएको छ ।

यसअघि पहिलो चरणको अनुसन्धानमा ४४६ बचतकर्ताबाट करिब ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको पुष्टि गरिएको थियो। यस आधारमा १७ जनालाई प्रतिवादी बनाइएको थियो।

 

 

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार १३:००   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।