Logo

अर्थ

साढे ६ अंकले बढ्याे सेयर बजार, कारोबार रकम ६ अर्ब ६७ करोडमाथि



काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७ को विन्दुमा कायम भएको छ ।

आज ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ६ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिभर फल्स पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.०५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र सुपर मादी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : माघ ७, २०८१ सोमबार  ३ : १५ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।