Logo

प्रमुख समाचार

विपिनको रिहाइका लागि पहल गरिदिन इजिप्टका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको फोनवार्ता



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल-अतीसँग टेलिफोन वार्ता गरेकी छन् । टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री डा. राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् ।

जवाफमा अब्देल-अतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् ।

गाजामा आइतबारदेखि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।

सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । उक्त सूची इजरायलले आइतबार सार्वजनिक गरेको थियो । तर, उक्त सूचीमा विपिनको नाम भने समावेश छैन ।

 

प्रकाशित मिति : माघ ७, २०८१ सोमबार  ४ : ०१ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।