Logo

अर्थ

हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट



काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र बुद्ध एयरबीच भएको उक्त सम्झौताअनुसार बुद्ध एयरले बैंकका ग्राहकहरूलाई हवाई टिकटहरूमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका कार्डवाहक तथा ग्राहकहरूले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् । बैंकका कार्डवाहक तथा ग्राहकहरूले अन्य स्थानहरूमा प्राप्त गर्न सक्ने छुटहरूका बारेमा जानकारीका लागि हिमालयन बैंकको वेबसाइटमा हेर्न सक्नेछन् ।

प्रकाशित मिति : माघ ७, २०८१ सोमबार  ५ : ०३ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।