Logo

अर्थ

आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक दिने



काठमाडौं | डिजिटल वालेट “आइएमई पे” ले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ “उडान मेला” नामक योजना सार्वजनिक गरेको छ ।

माघ २ गतेबाट सुरु भएको यस अफर मार्फत आइएमई पेका सेवाग्राहीहरुले आन्तरिक हवाई टिकटमा रु. ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

योजनामा नियमित ग्राहकहरुले “SAVE100” प्रोमोकोड राखेर रु. १०० क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरुले “FIRSTFLY” प्रोमोकोड राखेर रु. ३०० क्यासब्याकको लाभ उठाउन सक्नेछन् ।

हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा “Have Promocode?” सोधिएको ठाउँमा यि प्रोमोकोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

“आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै उडान मेलाले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ”, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १३:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।