Logo

अर्थ

सामान्य बढ्याे सेयर बजार, ६ अर्ब १९ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३ को विन्दुमा कायम भएको छ ।

आज १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ६ अर्ब १९ करोड माथिको सेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मन्दकीनी हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.९६ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १५:१९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।