Logo

प्रमुख समाचार

वामदेव गाैतमसँग सहकार्य गर्ने एमालेको निर्णय



काठमाडौँ । नेकपा एमालेले पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले नेता गौतमसँग छलफल गर्दै जाने र उपयुक्त समयमा गौतम नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्न सकिनेबारे छलफल भएको एमाले नेताहरुले जनाएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेता वामदेव गौतमसँग सहकार्यका लागि ढोका खुलेको भन्दै आगामी दिनमा आवश्यक गृहकार्य गरेर पार्टीमा भित्र्याउन थप गृहकार्य गर्दै अघि बढ्न सकिनेबारे छलफल भएको बताए ।

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  ७ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।