Logo

अर्थ

पुरानो गाडी साट्न सकिने बीवाईडीको ‘एक्सचेन्ज फेस्ट’ माघ ९ देखि, देशभर आयोजना



काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले देशभर ‘एक्सचेञ्ज फेस्ट’ आयोजना गर्ने भएको छ । कम्पनीले माघ ९ देखि १३ गतेसम्म पाँचदिने एक्सचेञ्ज मेला आयोजना गर्न लागेको हो ।

यस एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफ्नो पुरानो गाडीलाई जुनसुकै ब्रान्डको गाडीसँग साट्न सक्नेछन् । यसमा विभिन्न आकर्षक सुविधाहरू पाउने छन्। विशेष रूपमा, ग्राहकले उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निशुल्क प्रिमियम एसेसोरिज र निशुल्क चार्जर जडान जस्ता सुविधाहरू प्राप्त गर्नेछन् ।

कार्यक्रम देशभरका विभिन्न स्थानहरूमा आयोजना हुनेछ। यसमा काठमाडौं उपत्यकाका पाँच स्थानहरू साथै बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, विरगंज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटलाई समावेश गरिएका छन् ।

बीवाईडीका लोकप्रिय मोडलहरू जस्तै एट्टो ३, डल्फिन र एम ६, एक्सचेन्ज फेस्टमा ग्राहकहरूले साट्न सक्नेछन् । बीवाईडी नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने ईभी ब्रान्डको रूपमा परिचित छ । यसको ग्राहक सेवा र चार्जिङ पूर्वाधारको विकासमा साइमेक्स इंकले महत्वपूर्ण योगदान पुर्याएको छ । यस कारण बीवाईडीलाई नेपाली बजारमा प्रेम गर्ने ईभी प्रयोगकर्ताहरूको ठूलो संख्या छ ।

यस अवसरमा साइमेक्स इंकले नेपालमा विद्युतीय गाडीको लोकप्रियता थप वृद्धि गर्न र वातावरणीय दृष्टिकोणबाट सकारात्मक योगदान पुर्याउनका लागि यस कार्यक्रमको आयोजना गरेको छ।

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  ११ : ०४ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।