Logo

प्रमुख समाचार

संविधान संशोधनको लागि सबै दलसँग सहमति आवश्यक : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधान संशोधन गर्न नेपाली कांग्रेस र नेकपा एमालेकाे मात्र सहमतिले पुग्ने नभई अन्य सबै दलसँगको सहमति आवश्यक पर्ने बताएका छन् ।विराटनगरस्थिति कोइराला निवासमा बुधबार पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले संविधान सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताए ।

कोइरालाले भने “संविधान भन्ने बित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन। यो सबैको साझा डोक्युमेन्ट हुनुपर्छ ।” उनले थपे, “कांग्रेस र एमालेबीच केही छलफल भएको हो, तर त्यसैले मात्र काम चल्दैन । माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य दलहरूसँग सहमति गरेर मात्र संशोधन गर्न सकिन्छ ।”

उनले दुई तिहाइको समर्थनले मात्रै संविधान संशोधन गर्नु गलत हुने भन्दै, “दुई तिहाइ पुर्‍याएर संशोधन गर्न सकिन्छ भन्नु गलत हुन्छ। यो यस्तो डोक्युमेन्ट हो जुन सबैलाई पच्ने हुनुपर्छ,” भने ।

डा. कोइरालाले संविधान संशोधनको प्रक्रिया अझै अन्य दलसँग छलफल गरेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

 

 

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  ११ : १४ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।