Logo

अर्थ

तोलामै १९ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा १९ सय रुपैयाँ बढेको छ । आज सुनकाे मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ मूल्य तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीकाे मूल्य पनि २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८९५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  ११ : ३६ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।