Logo

अर्थ

बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता झिक्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले‍ आज फेरि ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत केन्द्रीय बैंकले २१ दिनका लागि तरलता झिक्न लागेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता झिक्दै आएको छ ।

बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज ३० माघमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  १२ : १७ बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।