Logo

प्रमुख समाचार

गृहमन्त्रीको घोषणा: सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं



काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानहरुलाई १६ वर्षमै पेन्सन दिने कानूनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् । उनले यो घोषणा सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा गरे ।

आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको बताउँदै उनले भने, ‘सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरुको आवाजलाई समेटेर कानून बनाइएको छ ।’

उनले सशस्त्र प्रहरीका जवानहरूले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाश प्राप्त गर्ने सुविधा अब कानूनी रुपमा उपलब्ध गराइने कुरा पनि बताए। “आज यो कुरा राख्न पाउँदा मलाई खुशीको अनुभूति भएको छ,” उनले भने।

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी विधेयकलाई केही दिनमै संघीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।

 

 

 

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  २ : २४ बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।