काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य तोलामा १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको हो ।




















प्रतिक्रिया